बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले १६ दिनका निक्षेप खिच्न लागेको हो । निक्षेप संकलन उपकरणमार्फत सो रकम तान्न लागेको हो ।
अहिले बैंक वित्तीय संस्थासँग ७५ खर्ब ७७ अर्ब रुपैयाँ कुल निक्षेप छ । त्यसमध्ये करिब १२ खर्ब रुपैयाँ लगानी नभएर प्रणालीमै बसेको छ । ऋणको माग नहुँदा प्रणालीमा लगानीयोग्य रकम थुप्रिदै गएको बैंकर बताउँछन् ।
आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी पुस २५ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

Leave a comment