काठमाडौँ । शेयरबजारमा कारोबार मापन नेप्से परिसूचक सामानय बढेको छ । यसअघि तीन कारोबार दिन घटेको नेप्से आज मंगलबार ३.२७ अंकले बढेर २,५८४.४९ विन्दुमा पुगेको छ ।
कुल ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५९ कम्पनीमध्ये १३४ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । यद्यपी यसदिन ११७ वटाको शेयरमूल्य घटेको छ भने ८ वटाको स्थिर रहेको छ ।
विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै समूह बढेका छन् ।
एसवाई प्यानलको शेयर मूल्य सर्बाधिक ७.०१ प्रतिशत बढेको छ । त्यसपछि गुराँस लघुवित्तको ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.९७ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a comment