बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
पुस ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सञ्चालक समितिमा लैजाने निर्णय गरेको हो । जसमध्ये ४.७५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment