काठमाडौं । नेपाली बजारमा आज (२०८२ पुस ८ गते) सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ५०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै धेरै हो ।

Leave a comment