कर्पोरेट । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतशितका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश लाभांश पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमा मार्गमा स्थित राष्ट्रिय सभागृहमा सो दिन बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० देखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसैले, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन पाउेनछन् । त्यस्तै साधारणसभाबाट पारित लाभांश समेत प्राप्त गर्न सक्नेछन् ।

Leave a comment