बैंकको खबर । विजय लघुवित्त वित्तीय संस्थाले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न सर्वसधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था मर्च भएपछि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ । त्यसपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको छ। सोही अनुपात मिलाउन लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्नेछ ।
पुस २१ गते निष्काशन हुने एफपीओ पुस २४ गते बन्द हुनेछ । सो अवधिमा माग भएजति आवेदन नपरेमा निष्काशन अवधि माघ ५ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment