काठमाडौं । बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको अहिलेसम्मकै उच्च मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ४०० रुपैयाँ छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a comment