बैंकको खबर । सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयर बाँडफाँट भएपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न निष्काशन गरेको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गर्दैछ। आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । सो मितिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ ।
शेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
आईपीओका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी रेटिङ्ग प्रदान गरेको छ।

Leave a comment