अन्तर्राष्ट्रिय । चीनले आफ्नो जलक्षेत्रमा एलोन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको आरोपमा एक विदेशी जहाजमाथि कारबाही गरेको छ। साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार चीनले स्याटेलाइट इन्टरनेट सेवालाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ ।
चीनमा स्टारलिंक पूर्ण रूपमा प्रतिबन्धित छ । चीनमा कुनैपनि कम्पनीसँग स्टारलिंकको सेवा प्रदान गर्ने इजाजतपत्र पनि छैन।
चिनियाँ अधिकारीहरूले आफ्नो क्षेत्रमा प्रवेश गर्ने कुनै पनि जहाजले स्टारलिंक टर्मिनलहरू प्रयोग गर्न तुरुन्तै बन्द गर्नुपर्छ ।
चीनमा दूरसञ्चार र इन्टरनेट सम्बन्धी धेरै कडा कानूनहरू छन् । विदेशी कम्पनीहरूलाई स्याटेलाइट इन्टरनेट लगायत आधारभूत दूरसञ्चार सेवाहरू प्रदान गर्न अनुमति छैन।
चीनले डेटामाथि नियन्त्रण गर्नका लागि देशभित्र कुनैपनि उपग्रह सञ्चार घरेलु सर्भरमार्फत जानुपर्ने नियम लागू गरेको छ ।
चीनमा रेडियो फ्रिक्वेन्सी वा उपकरणहरू प्रयोग गर्न आधिकारिक सरकारी स्वीकृति चाहिन्छ, जुन स्टारलिंकसँग छैन।

Leave a comment