बैंकको खबर । पुस १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ।
बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयर बाँडफाँट भएपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न निष्काशन गरेको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको हो ।
शेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
आईपीओका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी रेटिङ्ग प्रदान गरेको छ।

Leave a comment