काठमाडौं । आज पुस २० गते विभिन्न ७ कम्पनीको लाभांश सुरक्षित गर्न सकिने अन्तिम दिन रहेको छ ।
प्राइम कमर्सियल बैंक, जीवन विकास लघुवित्त, कालिका लघुवित्त, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
यि कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २१ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएकाले आजसम्म शेयर खरिद गर्ने शेयरधनीहरु साधारणसभामा सहभागी हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a comment