काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश वार्षिक साधारणसभाबाट पारित गरेको छ । पुस १९ गते पर्साको वीरगञ्जमा सम्पन्न भएको २६औँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २१.०५ प्रतिशत लाभांश स्वीकृत गरेको हो । यसमध्ये ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित १६.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
साधारणसभाले कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गरेको छ ।
साधारणसभाले संस्थापक समूह अन्र्तगत गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल र विवेककुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकले गोविन्दलाल संघईलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरेको छ ।

Leave a comment