बैंकको खबर । एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ ।
पुस २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ छ । बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको हकप्रद शेयर बिक्री गर्न खोजेको हो ।
बैंक सञ्चालक समितिको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीका लागि निष्काशन हुनेछ ।

Leave a comment