बैंकको खबर । विजय लघुवित्त वित्तीय संस्थाले आज (पुस २१ गते) देखि एफपीओ निष्काशन गरेको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको चार लाख ६६ हजार ८१७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो। नयाँ सारथी लघुवित्त र विजय लघुवित्त गाभिएपछि बनेको लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो । संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात मिलाउन घुवित्तले एफपीओ निष्काशन गरेको हो ।
एफपीओ निष्काशन बन्द पुस २४ गते हुनेछ । सो दिनसम्म माग भएजति आवेदन नभएमा निष्काशन अवधि माघ ५ गतेसम्म लम्बिनेछ ।
शेयर किन्न इच्छुक लगानीकर्ताले कम्तिमा १० कित्तादेखि बढीमा १००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment