बैंकको खबर । नेपाल बैंक र काठमाडौंको चावहिलमा रहेको मेडिकेयर हस्पिटलबीच सेवाग्राहीलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकले बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई अस्पतालमा उपचार सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत छुट हुने सम्बन्धमा सम्झौता भएको जनाएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटलबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

Leave a comment