बैंकको खबर । विजया लघुवित्त वित्तीय संस्थको एफपीओमा माग भन्दा ४२.०८ गुणा बढी आवेदन परेको छ ।
लघुवित्तले पुस २१ गतेदेखि निष्काशन गरेको एफपीओमा २३ गते बिहान १० बजेसम्म १९ लाख ६४ हजार कित्ता भन्दा बढी आवेदन परेको छ । लघुवित्तले कुल ४ लाख ६६ हजार ८१७ कित्ता बिक्रीका लागि थप सार्वजनिक निष्काशन गरेको थियो ।
हालसम्म कुल १६ लाख ७४ हजार ६८० जना लगानीकर्ताले आवेदन गरेका छन् ।
लघुवित्तको एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एफपीओ भर्ने अन्तिम दिन भोलि बिहीबारसम्म तोकिएको छ ।

Leave a comment