काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार मापक नेप्से परिसूचक १३.३५ अंक घटेर २,६३५.९५ बिन्दुमा कायम भएको छ ।
५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार २५० कम्पनीमध्ये १८७ वटाको शेयरमूल्य घट्दा बजार रातो बनेको हो । यसदिन ६२ कम्पनीका शेयरधनीले कमाएका छन भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका ६.०८प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

Leave a comment