काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले पुस २१ गतेदेखि २४ गतेसम्मका लागि सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको थियो ।
लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो।
लघुवित्तले पुस २१ गतेदेखि निष्काशन गरेको एफपीओमा २३ गते बिहान १० बजेसम्म १९ लाख ६४ हजार कित्ता भन्दा बढी आवेदन परेको छ । लघुवित्तले कुल ४ लाख ६६ हजार ८१७ कित्ता बिक्रीका लागि थप सार्वजनिक निष्काशन गरेको थियो ।

Leave a comment