बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (पुस २४ गते) १० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३’ (च) निष्कासन गर्ने भएको छ।
ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ गर्न सक्नेछन् । ऋणपत्र आजै जारी हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने र आर्जित ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले १० दिन यता लगातार ऋणपत्र निष्काशन गरेर बजारमा अधिक रहेको तरलता तानिरहेको छ । बुधबार सम्म एक खर्ब २० अर्ब रुपैयाँ ऋणपत्रमार्फत तरलता प्रशोचन गरिसकेको छ ।

Leave a comment