काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आज (पुस २५ गते)देखि उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रहेको छ, जसको २० प्रतिशत सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
स्थानीय बासिन्दाका लागि जारी पुँजीको पाँच प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता बिक्री गर्नेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणलाई छुट्याएको शेयरको १० प्रतिशत अर्थात ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ । ।
आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले माघ ९ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि माघ २५ गतेसम्म लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेकाहरुले पुस ३० गतेसम्म र सो अवधिसम्म माग भएजति आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको उद्योग पश्चिन नवलपरासी जिल्ला हो भने खानी पाल्पा जिल्लामा रहेको छ ।
आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a comment