काठमाडौं — एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि लकर सेवामा उपलब्ध गराउँदै आएको छुट बढाएर ३० प्रतिशत पुर्याएको छ । बैंकका अनुसार २०८२ माघ ६ गतेसम्म लागू हुने यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले लकर सेवाको पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउन सक्नेछन्।
ग्राहकहरूको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरू सुरक्षित रूपमा राख्ने आवश्यकता पूरा गर्ने उद्देश्यले बैंकले देशभरका विभिन्न शाखामार्फत विभिन्न आकारका लकर सेवाहरू उपलब्ध गराउँदै आएको छ। यस नयाँ छुट योजनाले लकर सेवा प्रयोगलाई थप सहज, सरल र किफायती बनाउने विश्वास बैंकले लिएको छ।

Leave a comment