बैंकको खबर । नेपाल बैंकका कर्मचारीहरु, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको चावहिलमा रहेको ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंकले हस्पितलसँग उपचार गर्दा लाग्ने शुल्कमा छुट दिने सम्बन्धमा सम्झौता भएको जनाएको छ ।
सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म छुट हुनेछ ।
सम्झौता पत्रमा बैकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

Leave a comment