काडमाडौं । सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
बैंकले गत पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कुल २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
१ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। ९ जना आवेदकले भने थप १ कित्ताका अर्थात ११ कित्ताका दरले शेयर पाएका छन् ।

Leave a comment