बैंकको खबर । आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
मंसिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड भित्रिएको थियो । रेमिट्यान्स आप्रवाहमा देखिएको वृद्धिले वैदेशिक रोजगारीमा रहेका नेपालीबाट आउने आम्दानीमा मजबुत सुधार देखिएको संकेत गर्छ ।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो।
रेमिट्यान्स आप्रवाहमा आएको तीव्र वृद्धिले देशको विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन तथा समग्र आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पर्नेछ।

Leave a comment