बैंकको खबर । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति मंसिर मसान्तसम्म १९.६ प्रतिशतले बढेर ३२ खर्ब १ अर्ब ४७ करोडरुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको छ ।
२०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ महिना २१ दिनको वस्तु आयात र १८ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Leave a comment