बैंकको खबर । बैंकहरुको मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
कुल लगानीमध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ९५ करोड १२ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र ३१ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ।
यो निक्षेप ३६६ दिनका लागि हुनेछ, जसको अवधि सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म रहने केन्द्रीय बैंकले जनाएको छ।

Leave a comment