काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ५ सयले घटेर ३ लाख १४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १५ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर ५७४० मा कारोबार भइरहेको छ ।

Leave a comment