काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको २५ सयले बढेर ३ लाख २८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको २०५ रुपैयाँले घटेर ५८१५ मा कारोबार भइरहेको छ ।

Leave a comment