Home पुँजी बजार नेप्से ११.०६ अङ्कले घट्यो
पुँजी बजारबैंक वित्त

नेप्से ११.०६ अङ्कले घट्यो

Share
Share

२०८२ जेठ २५ गते आइतबार । 

सेयर खबर । सेयरबजार आइतबार पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ११.०६ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ विन्दुमा कायम भएको छ ।  

नेप्से घटेपनि कारोबार रकम भने आज बढेको छ । नौ अर्ब १३ करोड रुपैयाँ बराबरको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भएको छ । 

आज जलविद्युत् समूह १.२२ र होटल तथा व्यापार समूह ०.१२ प्रतिशतले बढेको छ । अरु सबै समूह घटेका छन् । बैंकिङ १.०५ प्रतिशत, विकास बैंक ०.०६, वित्त ०.९१, लगानी ०.०८ र जीवन बिमा समूह ०.७७ प्रतिशतले घटेको छ । यसैगरि उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७०, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies