काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान जारी रहेको छ । निर्वाचन आयोगका अनुसार आज मध्यान्ह १२ बजेसम्म करिब १८ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा भइरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मध्यान्ह १२ बजेसम्म आयोगको प्रणालीमा प्राप्त विवरणअनुसार देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ, जुन करिब १८ प्रतिशत हो ।
हाल देशभरका मतदान केन्द्रहरूमा उत्साहपूर्ण रुपमा मतदाताहरू मतदान प्रक्रियामा सहभागी भइरहेका आयोगले जनाएको छ ।

Leave a comment