काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको अन्तिम चरणमा प्रवेश गरेको छ । मन्त्री छनोटको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ भने शीर्ष नेतृत्वबीच निर्णायक स्तरको आन्तरिक छलफल जारी रहेको छ ।
चैत १३ मा बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहणसँगै चुस्त र प्रभावशाली मन्त्रिपरिषद सार्वजनिक गर्ने तयारी गरेका छन्। करिब १५-१८ सदस्यीय संरचनामार्फत परिणाममुखी र नियन्त्रणमा रहने शासन प्रणाली लागू गर्ने स्पष्ट रणनीति देखिएको छ ।
सरकार गठनसँगै केही अप्रत्याशित अनुहारलाई पनि मन्त्री बनाउने सम्भावना छ । प्रमुख पदहरूमा बलियो टिम उतार्ने तयारीबीच रास्वपा बहुमतको आडमा शक्तिशाली सरकार निर्माणको अन्तिम मोडमा पुगेको छ ।

Leave a comment