Home पुँजी बजार सामान्य बढ्यो सेयरबजार
पुँजी बजारबैंक वित्त

सामान्य बढ्यो सेयरबजार

Share
Share

२०८१ चैत २१ गते बिहीबार । 

बैंकको खबर । सेयरबजारमा आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा बन्द भएको छ । सात अर्ब ८४ करोडको ४६ लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड ५५ लाख दुई हजार ९९८ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १५१ वटाको सेयरमूल्य घटेको छ । बाँकी ५५ वटाको सेयरमूल्य बढेको छ । 

यसदिन बैंकिङ समूहले गर्दा नेप्से हरियो बनेर बन्द भएको देखिन्छ । किनभने बैंकिङ समूहमा सूचीकृत १९ वटै बैंकको सेयरमूल्य बढेको छ । समग्रमा बैंकिङ समूह ०.९६ प्रतिशत बढेको छ । त्यसपछि अन्य समूह १.४५ प्रतिशत, निर्जीवन बीमा ०.५९ प्रतिशत र जलविद्युत ०.०३ प्रतिशत बढेको छ । बाँकी सबै समूह घटेका छन् । 

व्यापार समूह सबैभन्दा धेरै १.६६ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.६६, लघुवित्त ०.३७, म्युचुअल फन्ड ०.२४, विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.१२ र लगानी ०.०३ प्रतिशत घटेको छ । 
ग्रीन भेन्चर्स लिमिटेडको सेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै सात दशमलव ८५ प्रतिशत घटेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै ७२ करोड ३२ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति छ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण चार अर्ब रुपैयाँ बढेर १४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies