Home बीमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ किन्न लगानीकर्ताको भीड
बीमाबैंक वित्त

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ किन्न लगानीकर्ताको भीड

Share
Share

२०८१ पुस २३ गते मंगलबार । 

बीमा खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार साँझसम्म इन्स्योरेन्सको आईपीओमा एक करोड ४० लाख ७४ हजार नौ सय ९० कित्ताका लागि आवेदन परेको छ । 
१० लाख २७ हजार सात सय ४३ जना लगानीकर्ताले सेयर किन्न आवेदन दिएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । 

सोमबार साँझसम्म कम्पनीले मागेको भन्दा ७.६२ गुणा बढी आवेदन परेको छ । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

आईपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies