Home पुँजी बजार नेप्से  सामान्य अंकले बढ्यो
पुँजी बजारबैंक वित्त

नेप्से  सामान्य अंकले बढ्यो

Share
Share

२०८१ पुस २१ गते आइतबार । 

सेयर खबर । सेयरबजार आज सामान्य अंकले बढेको  छ । कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।

चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ रुपैयाँको ९३ लाख ८६ हजार सात सय २१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका २४३ कम्पनीमध्ये १४१ वटाको सेयरमूल्य बढेको छ भने ९४ वटाको घटेको छ । बाँकी आठ वटाको सेयरमूल्य स्थिर रहेको छ ।

बैंकिङ समूह शून्य दशमलव ५५, वित्त एक दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव १४ र म्युचुअल फन्ड शून्य दशमलव ७४ प्रतिशतले घटेको छ । अरु सबै समूह बढेका छन् । विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ६०, जलविद्युत् एक दशमलव ६७ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव २७, निर्जीवन बीमा शून्य दशमलव ०४, व्यापार एक दशमलव १४ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ ।

कारोबार बन्द हुँदासम्म तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आठ दशमलव ८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको १९ करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies