Home अर्थतन्त्र नेपालको ब्यापार घाटा चार खर्ब ६० अर्ब 
अर्थतन्त्रबैंक वित्त

नेपालको ब्यापार घाटा चार खर्ब ६० अर्ब 

Share
Share

२०८१ मंसिर ७ गते शुक्रबार । 

अर्थतन्त्र । चालु आर्थिक वर्षको ४ महिनासम्ममा नेपालको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख २८ हजार रुपैयाँ भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.२६ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ब्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रुपैयाँ थियो ।

भन्सार विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको विवरण अनुसार चार महिनामा नेपालले पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजार रुपैयाँको आयात गरेको छ भने ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

एक वर्ष अघिको तुलनामा आयात ०.१७ प्रतिशत र निर्यात ४.१६ प्रतिशत बढेको छ । चार महिनामा कुल वैदेशिक व्यापार पाँच खर्ब ६६ अर्ब पाँच करोड ८७ लाख ४९ हजार रुपैयाँ बराबरको भएको छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies