Home पुँजी बजार सेयरबजार बढ्यो, फाइनान्स समूहमा सबैभन्दा धेरै आकर्षण
पुँजी बजारबैंक वित्त

सेयरबजार बढ्यो, फाइनान्स समूहमा सबैभन्दा धेरै आकर्षण

Share
Share

बैंकको खबर । सेयरबजार सोमबार बढेको छ । नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा बन्द भएको छ । पाँच अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको एक करोड चार लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ३.४६ प्रतिशत बढेको छ । त्यसपछि जीवन बीमा समूह १.८४ प्रतिशत, जलविद्युत १.५८, विकास बैंक १.५७, उत्पादन तथा प्रशोधन १.३४, लघुवित्त १.२६, होटल तथा पर्यटन १.५७ प्रतिशत बढेको छ । त्यसपछि लगानी ०.८७ प्रतिशत, म्युचुअल फण्ड र व्यापार समूह ०.७२, निर्जीवन बीमा ०.६४, अन्य ०.५४ र बैंकिङ ०.३४ प्रतिशत बढेको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये २१३ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । बजार बढेपनि २८ कम्पनीका सेयरधनीले गुमाएका छन भने दुई वटाको सेयरमूल्य स्थिर रहेको छ । 

जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ६.०२ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै सेयर कारोबार नेपाल फाइनानसको ३३ करोड ७९ लाख रुपैयाँ बढीको भएको छ । 

बजार पुँजीकरण ४२ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको साधारण सेयरको बजार पुँजीकरण १४ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies