Home पुँजी बजार सेयरबजार समान्य बढ्यो, २० अर्ब बढीको कारोबार
पुँजी बजारबैंक वित्त

सेयरबजार समान्य बढ्यो, २० अर्ब बढीको कारोबार

Share
Share

सेयर खबर । सेयरबजारमा बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढेर २७७६.३८ विन्दुमा कायम भएको छ । २० अर्ब सात करोड चार लाख रुपैयाँ बराबरको पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये एक सय ६० कम्पनीको सेयरमूल्य घटेको छ । ७९ कम्पनीको सेयरमूल्य बढेको छ भने तीन कम्पनीको स्थिर रहेको छ । 

कारोबारमा आएका १३ समूहमध्ये सात वटाको सूचक घटेको छ भने छ वटा बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन, जीवन बीमा र अन्य समूह घटेका छन् । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूूह बढेका छन् ।
यसदिन लगानीकर्ताको सम्पत्ति ११ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ९१ अर्ब रुपैयाँ कायम घएको छ । 

कारोबार बन्दहुँदा छ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयरमूल्य सबैभन्दा धेरै ८.०४ प्रतिशतले घटेको छ । शिवम् सिमेन्टको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब २० करोड र हिमालयन रिइन्स्योरेन्सको एक अर्ब सात करोड रुपैयाँको भएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies