Home पुँजी बजार सेयरबजारमा फर्कियो चमक, नेप्से १०८ अंक बढ्यो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा फर्कियो चमक, नेप्से १०८ अंक बढ्यो

Share
Share

बैंकको खबर । मंगलबार एक सय ४५ अंकले घटेको सेयरबजार बुधबार एक सय ८.३५ अंकले बढ्यो । नेप्से करिब २८ सय विन्दुबाट एकैपटक साढे २६ सयको हाराहारी झरेको नेप्से बुधबार फेरि २७ सय ५९.५७ विन्दुमा पुगको छ ।  

कारोबार भएका दुई सय ४२ कम्पनीमध्ये दुई सय ३९ कम्पनीको सेयरमूल्य बढ्दा बजार हरियाली देखिएको हो । तर तीन कम्पनीका सेयरधनीले यसदिन गुमाएका छन् । फस्र्ट माइक्रो फाइनान्स, सुपर माडी हाइड्रोपावर र उन्नती सहकार्य लघुवित्तका सेयरधनीले गुमाएका हुन् । 

परिसूचक बढेपनि कारोबार रकम भने केही घटेको छ । १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । 

१३ वटै समूह बढेका छन् । सबैभन्दा धेरै अन्य समूह ७.८९ प्रतिशत र फाइनानस समूह ७.६३ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, जलविद्युत, व्यापार समूह पाँच प्रतिशत भन्दा धेरैले बढेका छन् । विकास बैंक समूह ४.५१ प्रतिशत बढेको छ । वाणिज्य बैंकहरुको समूह २.३२ प्रपितशत बढेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह १.०१ प्रतिशत बढेको छ । 

बजार बन्द हुँदा १० कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । एउटा म्युचुअल फण्ड ‘१०प्रतिशत सानिमा बैंक लिमिटेड डिबेन्चर’ १० प्रतिशतले घटेको छ । 

बुधबार पनि हिमायलन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब ५३ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको भएको छ ।  बुधबार लगानीकर्ताको सम्पत्ति एक खर्ब ७२ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies