Home बैंक वित्त ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब १ करोड रुपैयाँ मुनाफा
बैंक वित्तरिपोर्ट तथा सूचना

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब १ करोड रुपैयाँ मुनाफा

Share
Share

बैंकको खबर । ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले सो वर्ष छ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८०को तुलनामा १०.१३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ खुद आम्दानी कमाएको थियो । 

बैंकको खुद ब्याज आम्दानी घटेको र इम्पेरिमेन्ट चार्ज बढेका कारण खुद नाफामा असर परेको हो । यस्तै बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । तर खुद फि तथा कमिशन आम्दानी करिब ३० प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा पनि ८.२५ प्रतिशत घटेको छ । 

निक्षेप तथा कर्जा
गएको आर्थिक वर्षमा बैंकको निक्षेप बढेको छ । २०८० असार मसान्तमा ४ खर्ब २६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप रहेकोमा २०८१ असार मसान्तसम्म १४.३४ प्रतिशत बढेर ४ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । 

निक्षेपको तुलनामा कर्जा लगानी कम बढेको छ । एक वर्षमा बैंकले १४ अर्ब ९९ करोड रुपैयाँ (४.२३ प्रतिशत) कर्जा बढाउन सकेको छ । २०८० असारमा ३ खर्ब ५४ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा २०८१ असारसम्म कर्जा रकम बढेर ३ खर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । 

जगेडा कोष 
३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा भन्दा घटेको छ । २०८१ असार मसान्तमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ४५ लाख ६६ हजार रुपैयाँ छ । २०८० असार मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २४ करोड ३३ लाख ६२ हजार रुपैयाँ थियो । बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा ३ रुपैयाँ ६ पैसा मात्रै छ । 

वित्तीय सूचकहरु
बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७९/८०को तुलनामा आर्थिक वर्ष २०८०/८१मा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४१ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ । आर्थिक वर्ष २०७९/८०मा प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६ पैसा थियो ।

एक वर्षमा बैंकको निष्क्रिय कर्जा १.२२ प्रतिशत विन्दुले बढेको छ । एक वर्षअघि ३.१५ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा गत असारमा बढेर ४.३७ प्रतिशत पुगेको छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ८१ पैसा, मूल्य आम्दानी अनुपात ११.६६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६ सय ७२ रुपैयाँ ८९ पैसा र तरलता अनुपात ३७.११ प्रतिशत कायम भएको छ । 

 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1382_गलबल_आइएमई_बकल_कमय_६_अर.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies