Home बैंक वित्त नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, ईपीएस १५ रुपैयाँ २३ पैसा
बैंक वित्तरिपोर्ट तथा सूचना

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, ईपीएस १५ रुपैयाँ २३ पैसा

Share
Share

बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८०को तुलनामा ३९.७१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ७२ करोड ८ लाख रुपैयाँ खुद आम्दानी आर्जन गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको छ । बैंकको सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ । 

निक्षेप तथा कर्जा
गएको आर्थिक वर्षमा बैंकको निक्षेप बढेको छ । २०८० असार मसान्तमा ३ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ निक्षेप रहेकोमा २०८१ असार मसान्तसम्म १३.८३ प्रतिशत बढेर ४ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । 

निक्षेपको तुलनामा कर्जा लगानी भने कम बढेको छ । एक वर्षमा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ (१.५४ प्रतिशत) कर्जा बढाउन सकेको छ । २०८० असारमा ३ खर्ब २ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा २०८१ असारसम्म कर्जा रकम बढेर ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । 

जगेडा कोष ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरण योग्य मुनाफा भने ऋणात्मक देखिएको छ । २०८१ असार मसान्तमा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४३ करोड ९ लाख ७४ हजार रुपैयाँ ऋणात्मक छ । २०८० असार मसान्तमा पनि बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४७ करोड १७ लाख २० हजार रुपैयाँ ऋणात्मक थियो । बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा १० रुपैयाँ ५ पैसा ऋणात्मक देखिएको छ । 

वित्तीय सूचकहरु
बैंकको नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि बढेको छ । आर्थिक वर्ष २०७९/८०को तुलनामा आर्थिक वर्ष २०८०/८१मा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । आर्थिक वर्ष २०७९/८०मा प्रतिसेयर आम्दानी १० रुपैयाँ ९० पैसा थियो ।

एक वर्षमा बैंकको निष्क्रिय कर्जा ०.४५ प्रतिशत विन्दुले घटेको छ । एक वर्षअघि १.६६ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा गत असारमा घटेर १.२१ प्रतिशत कायम भएको छ । 

बैंकको नेटवर्थ प्रति सेयर १८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५० गुणा, कायम भएको छ । 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1381_नपल_इनभषटमनट_मग_बकक.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies