Home बैंक वित्त घट्यो स्ट्याण्डर्ड चार्टर्डको नाफा, प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ९ पैसा
बैंक वित्तरिपोर्ट तथा सूचना

घट्यो स्ट्याण्डर्ड चार्टर्डको नाफा, प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ९ पैसा

Share
Share

बैंकको खबर । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८०को तुलनामा ४.५१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ खुद आम्दानी आर्जन गरेको थियो । 

बैंकको खुद ब्याज आम्दानी घटेपछि नाफामा असर परेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८०मा ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा आर्थिक वर्ष २०८०/८१मा ५ अर्ब १५ करोड ४४ लाख रुपैयाँ मात्रै गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ ।

निक्षेप तथा कर्जा
गएको आर्थिक वर्षमा बैंकको निक्षेप पनि घटेको छ । २०८० असार मसान्तमा १ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेकोमा २०८१ असार मसान्तसम्म ५ अर्ब रुपैयाँ घटेर १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ कायम छ । 

बैंकको कर्जा प्रवाह भने बढेको छ । एक वर्षमा बैंकले ३ अर्ब ३१ करोड रुपैयाँ कर्जा बढाउन सकेको छ । २०८० असारमा ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा २०८१ असारसम्म कर्जा रकम बढेर ८१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । 

बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवह गरेको देखिन्छ । बैंकको सीडी रेसियो ७६.८३ प्रतिशत छ ।

जगेडा कोष
९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरण योग्य मुनाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । २०८१ असार मसान्तमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ४९ करोड ९१ लाख ६७ हजार रुपैयाँ छ । जुन एक वर्ष अघि २०८० असार मसान्तमा २ अर्ब ७१ करोड ५ लाख ५६ हजार रुपैयाँ थियो । गत आर्थिक वर्ष बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा २६ रुपैयाँ ५० पैसा देखिएको छ । 

वित्तीय सूचकहरु
बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७९/८०को तुलनाामा आर्थिक वर्ष २०८०/८१मा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसामा झरेको छ । आर्थिक वर्ष २०७९/८०मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा थियो ।

एक वर्षमा बैंकको निष्क्रिय कर्जा १.१८ बाट बढेर २.१४ प्रतिशत पुगेको छ । एक वर्षमा निष्क्रिय कर्जा ०.९६ प्रतिशत विन्दु बढेको छ । 

बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार ४ सय ९३ रुपैयाँ छ । यस्तै मूल्य आम्दानी अनुपात १७.१६ र प्रतिसेयर नेटवर्थ २ सय १८ रुपैयाँ ४ पैसा कायम भएको छ । 

 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1380_घटय_सटयणडरड_चरटरडक.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies