Home बैंक वित्त सुनको मूल्य एक लाख ३६ हजार नाघ्यो
बैंक वित्त

सुनको मूल्य एक लाख ३६ हजार नाघ्यो

Share
Share

अर्थतन्त्र । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८० चैत २६ गते सोमबार सुन प्रतितोला ६ सय रुपैयाँ बढेको छ । 

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । आइतबार सुनको मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर नयाँ उचाइ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार छ सय ८५ रुपैयाँ पुगेको छ । 

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने संकेत दिएको, मध्यपूर्व र रुस युक्रेन–युद्धको असर लगायतका कारण विश्वभरका लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित हुँदा माग बढ्न गई मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य लगातार बढीरहेको छ । 

विश्लेषकहरुले सुनको भाउ अझै बढ्ने अडकलबाजी गरेका छन् । सुन प्रतिऔंस तीन हजार डलरसम्म पुग्नसक्ने अनुमानहरु गरिएका छन् । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies