Home अन्तर्राष्ट्रिय चिनियाँ केन्द्रीय बैंकले विज्ञान र प्रविधि क्षेत्रमा ७० अर्ब डलर सहुलियत ऋण दिने
अन्तर्राष्ट्रियबैंक वित्त

चिनियाँ केन्द्रीय बैंकले विज्ञान र प्रविधि क्षेत्रमा ७० अर्ब डलर सहुलियत ऋण दिने

Share
Share

अन्तराष्ट्रिय । चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले देशको विज्ञान तथा प्रविधि क्षेत्रलाई सहयोग गर्न पाँच सय अर्ब युआन (७० अर्ब अमेरिकी डलर)को ऋण कार्यक्रम स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।

केन्द्रीय बैंकले २१ वटा बैंकहरुमार्फत साना तथा मझौला प्रविधि कम्पनीहरुलाई एक दशमलव ७५ प्र्रतिशत
ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यो ऋण एक वर्ष अवधिका लागि उपलब्ध गराउनेछ । जुन ऋण दुई
पटकसम्म विस्तार गर्न सकिनेछ । यो ऋण पुनरकर्जा प्याकेज हुने बैंकले जनाएको छ ।

चीनका नीति निर्माताहरुले तरलतालाई बढवा दिन र विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा सम्पत्तिको संकट र प्रमुख व्यापारिक साझेदारहरुसँगको झगडाको बीचमा विश्वास बढाउन खोजेको बताइएको छ ।

पुनरकर्जा कार्यक्रम साना तथा मझौला आकारका प्रविधि कम्पनीहरुलाई उनीहरूको प्रारम्भिक स्टार्टअप र वृद्धि चरणहरुमा मद्दत गर्न र उच्चस्तरका परियोजनाहरुलाई ऋण सहयोग प्रदान गर्न स्थापना गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies