Home पुँजी बजार सानिमा बैंकको ५ लाख १० हजार कित्ता शेयर बिक्रीमा, संस्थापक शेयरधनीले किन्नसक्ने
पुँजी बजारबैंक वित्त

सानिमा बैंकको ५ लाख १० हजार कित्ता शेयर बिक्रीमा, संस्थापक शेयरधनीले किन्नसक्ने

Share
Share

बैंक खबर । सानिमा बैंकले ५ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि आह्वान गरेको छ । विद्यमान संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले ३५ दिने म्यादसहित शेयर बिक्रीका लागि सूचना जारी गरेको छ । 

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकका विद्यमान संस्थापकले मात्रै शेयर खरिद गर्न सक्नेछन् । बिक्रेताहरुले अपेक्षित मूल्य निर्धारण गरेर बिक्रीका लागि पेस गरेका छन् । जस अनुसार प्रतिकित्ता १४५ रुपैयाँका दरले बिक्री हुने जनाइएको छ । 

तोकिएको ३५ दिन अवधिभित्र शेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ता र संस्थाहरुको लागि आह्वान हुने प्रावधान छ । 

शेयरमा लगानीगर्न इच्छुक संस्थापक शेयरधनीले म्याद अवधिभित्र किन्न चाहेको शेयर कित्ता र आशय मूल्य सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ । इच्छुक संस्थापक शेयरधनीले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies