Home पुँजी बजार शेयर बजारमा आधारभुत, प्राविधिक र मनोविज्ञानको अध्ययन किन गरिन्छ ?
पुँजी बजारबैंक वित्त

शेयर बजारमा आधारभुत, प्राविधिक र मनोविज्ञानको अध्ययन किन गरिन्छ ?

Share
Share

आधारभुत विश्लेषण
माग भन्दा आपूर्ति बढी भए मूल्य घट्ने र आपूर्ति भन्दा माग बढी भए मूल्य बढ्ने अर्थशास्त्रको सर्वमान्य सिद्धान्त हो । तर माग र आपूर्तिलाई नै प्रभाव पार्ने तत्वहरुको विषयमा निकै जटील संयन्त्र रहेको छ । शेयर बजार विश्लेषणका तीन फरक सिद्धान्त मध्ये आधारभूत विश्लेषण बौद्धिक तथा गहन अध्ययन हो । जस अन्तर्गत शेयरको मूल्यलाई प्रभाव पार्ने तत्वहरुको विषयमा जानकार रहन वस्तुको उत्पादन शुरुवाती देखि यसको अन्तिम उपभोग नहुन्जेल सम्मका सबै चरणहरुको बारेमा ज्ञान हुनु पर्दछ । माग र आपूर्तिलाई प्रभाव पार्ने तत्वहरुको विषयमा सतही ज्ञान हासिल गरी गरिने विश्लेषण नै आधारभुत विश्लेषण हो । आर्थिक विश्लेषण प्राकृतिक प्रभाव, राजनैतिक प्रभाव साँस्कृतिक प्रभाव संस्थागत प्रभाव आदि सम्बन्धिको विश्लेषण आधारभुत विश्लेषण अन्तर्गत पर्दछ ।

प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण मूल्य कारोवार परिमाण तथा अन्य चरहरुको प्रयोग गरी गणितीय रेखाङ्कन विधिद्वारा प्रवृति पत्ता लगाउने सजिलो उपाय हो । मूल्यमा हुने तिब्र उतारचढावको कारण शेयर कारोवारमा आधारभूत विश्लेषणको अध्ययन गरी लगानी गर्न सक्नु निकै नै चुनौतिपूर्ण तथा जटिल कुरा हो । आर्थिक तत्वहरुको मात्र सही विश्लेषण गरेर पुग्दैन । बजारमा देखा पर्ने ट्रेण्डको समेत विश्लेषण गर्न सक्नुपर्छ । जुनकुरा वित्तीय विश्लेषक तथा अर्थविद् भएर मात्र सम्भव हुदैन । कारोवारमा व्यवहारीक ज्ञान तथा अनुभवले महत्वपूर्ण हिस्सा लिने गर्दछ । बृहत आर्थिक तत्वहरुलाई कम महत्व दिदै कारोवार सहयोगीको रुपमा प्राविधिक विश्लेषणलाई लिने गरिन्छ ।

मनोविज्ञान विश्लेषण
आधारभुत र प्राविधिक विश्लेषण मात्र गरेर शेयर बजारमा पुग्दैन्। कतिपय अवस्थामा बजारमा रहने लगानीकर्ताको मनोविज्ञानको अध्ययन समेत गर्न सक्नुपर्छ । लगानीकर्ताले कुन कम्पनीको शेयर किन्न चाहीरहेका छन र किन किन्न चाहन्छन भन्ने पत्तालगाउनु जटिल विषय हो । त्यसैले आधारभुत तथा प्रविधिक विश्लेषण गरेर मात्र बजारबाट फाइदा लिन मुस्किल पर्छ । त्यसैले लगानीकर्ताको मनोविज्ञानको विश्लेषण गर्नु चुनौतिपूर्ण मानिन्छ । लगानीकर्ताको मनोविज्ञानको विश्लेषण शेयर कारोबारको अवस्था, भोलुम लगायतका सूचकहरुको अध्ययनबाट थाहा पाउन सकिन्छ । यसमा समयको पनि निकै महत्व रहन्छ । 

All banking information at your fingertips

📎 Attached Document

📄 Attached File: document_14_शयर_बजरम_आधरभत_परवधक.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies