Home वित्तीय साक्षरता वित्तीय समावेशीकरण र राष्ट्र बैंकको भूमिका
वित्तीय साक्षरता

वित्तीय समावेशीकरण र राष्ट्र बैंकको भूमिका

Share
Share

बैंक खबर । पछिल्लो समय वित्तीय समावेशीकरणका विषयमा सरकारी तहमा निकै चर्चा हुने गरेको छ । खासगरी संघीयता कार्यान्वयन पछि नेपालमा गाउँगाउँमा बैंकिङ पहँुच पु¥याउने दृष्टिकोणले पनि वित्तीय समावेशीकरणका विषयले चर्चा पाएको हो । 

वित्तीय समावेशीकरणले औपचारिक वित्तीय प्रणाली प्रतिको सहज पहुँच, उपलब्धता र उपयोगलाई जनाउँछ । त्यसैले सरकारी निकायहरुले वित्तीय समावेशीकरणमा ध्यान दिएको पाइन्छ ।  वित्तीय समावेशीकरणले वित्तीय सेवाको माग र आपूर्ति दुवै पक्षलाई समेट्छ । 

वित्तीय समावेशीकरण अन्तर्गत विभिन्न वित्तीय संस्थामा उपलब्ध हुने वित्तीय सेवामा सर्वसाधारणको सहज र व्यापक पहुँचको सुनिश्चितता हुन्छ । समावेशी वित्तीय प्रणालीले अनौपचारिक कर्जा व्यवहारलाई निरूत्साहित गरी मुलुकको गरीबी र आर्थिक असमानता कम गर्न सघाउ पु¥याउँछ । बचत, भुक्तानी, कर्जा र बीमा लगायतका वित्तीय सेवा र तिनको गुणस्तर, उपलब्धता, स्थायित्व तथा उपभोक्ता संरक्षणजस्ता विषयलाई वित्तीय समावेशीकराणले समेटेको हुन्छ । 

नेपाल सरकारले वित्तीय समावेशीकरणलाई आर्थिक विकास र गरीबी निवारणको मेरुदण्ड मानेर सन् २०२२ सम्ममा विकासशील राष्ट्र र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने प्रयास गरेको छ । केन्द्रिय बैंकले पनि वित्तीय समावेशीकारणलाई आफ्नो रणनीतिक योजनामा समावेस गरेको छ । त्यसका लागि वित्तीय साक्षरता र वित्तीय पहुँचलाई नै मुख्य आधार बनाएको देखिन्छ । 

पछिल्लो समय बढदै गएको शाखारहित बैंकको प्रवद्र्धन र मोबाइल बैकिङको प्रयोगले वित्तीय साक्षरतामा सघाउ पुर्याएको देखिन्छ । बैंकिङ क्षेत्रको विकाससँगै बीमा सम्बन्धि जागरूकता पनि बढेको छ । किनभने, पछिल्लो समय बैंकहरुले बैंकास्योरेन्स मार्फत बीमा सम्बन्धि सेवा दिदै आएका छन् । यसले वित्तीय समावेशीकरणको विकासमा टेवा पुर्याएको छ । 

All banking information at your fingertips

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

वित्तीय कारोबार गर्दा आफ्नो अधिकार बुझेर मात्र गरौं (भिडियोमा हेर्नुहोस)

बैंकको खबर । नेपालमा नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक हो । यो...

शेयरबजारमा घाटा भयो ? यी पाँच काम गर्नुहोस् !

बैंकको खबर । शेयरबजारमा उतारचढाव भइरहन्छ । बजार बढ्दा धेरैले कमाउँछन भने...

बैंकबाट ऋण लिँदा ब्याजदर मात्रै नहेरौं, यी कुरा ध्यानमा राखौं

बैंकको खबर । नेपालमा मध्यम वर्गीय वा कम आम्दानी भएका परिवारका लागि...

व्यवसायिक कारोबार व्यक्तिगत क्यूआरबाट गर्नु गैरकानुनी हो – राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि क्यूआरमार्फत भुक्तानी गर्दा वा...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies