काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाा बढेको जनाएको छ ।
आज बजारमा सुन तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलाको ६० रुपैयाँले बढेर २५८० रुपैयाँमा कारोबार भइरहेको छ ।
