बैंकको खबर । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।
सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई २०८२ असोज २ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिएको हो ।
सीईओ न्यैपानेले असोज १ गते पदबाट राजीनामा दिएका थिए ।
सञ्चालक समितिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिएको छ ।
