काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स सञ्चालक समितिको मंसिर २५ गते बिहीबार बसेको बैठकले चुक्ता पूँजीको १०.५२ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Leave a comment