बैंकको खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण गर्नेछ ।

Leave a comment